दफा २८
बोर्डको कोष
(१) बोर्डको आफ्नो एउटा छुट्टै कोष हुने छ ।
(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकम रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ वा संस्थाबाट ऋण, अनुदान वा सहयोगबापत प्राप्त रकम,
(ग) सेवा प्रदायकलाई सेवा प्रणाली उपयोग गर्न दिएबापत प्राप्त रकम,
(घ) सेवा प्रदायकबाट अनुमतिपत्र दस्तुरबापत प्राप्त रकम,
(ङ) उपभोक्ताले महसुलबापत बुझाएको रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) बोर्डको सम्पूर्ण खर्च उपदफा (१) बमोजिमको कोषबाट व्यहोरिनेछ ।
(४) बोर्डको कोषमा रहने रकम नेपालभित्रको कुनै बैङ्क वा वित्तीय संस्थामा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन तोकिएबमोजिम हुृनेछ ।